NBF Logo

मैले मेरा इच्छाहरू पूरा गर्ने प्रयास गर्नुको सट्टा मेरा इच्छाहरूलाई सीमित गरेर खुशी खोज्न सिकेको छु।

मेरो धार्मिकता प्रेम र करुणा हो। - महामहिम १४ औं दलाई लामा

यदि कुनै कुराको समाधान गर्न सकिन्छ भने किन दुखी हुनु, र यदि यसलाई समाधान गर्न सकिँदैन भने दुखी हुनुको के अर्थ?

इच्छालाई त्याग्नु भनेको हाम्रो दैनिक जीवनमा वास्तविक खुशी र सन्तुष्टि प्राप्त गर्नु हो।

धर्म बिनाको विज्ञान अन्धो छ। विज्ञान बिनाको धर्म लङ्गडो छ।

कुनै पनि खराब बानी नसिक्नुहोस् – केवल पूर्ण पुण्यपूर्ण कर्म सिक्नुहोस्। आफ्नो मनलाई वशमा राख्नुहोस्: यो भगवान बुद्धको शिक्षा हो।

वास्तविक अभ्यास बिना केवल सिकाइको कुनै अर्थ छैन। अभ्यास नगर्ने विद्वान मानिस सुगन्ध बिनाको रंगीन फूल जस्तै हो।

मैले मेरा इच्छाहरूलाई कम गर्दै खुशी प्राप्त गर्न सिकें।

ज्ञान बिना मुक्ति छैन, करुणा बिना ज्ञान छैन।

आफ्नै दीयो आफै बन।

जसले आफैलाई जित्छ, उ सबैभन्दा ठूलो विजेता हो।

पोखरामा छ्योखोर दुछेन (धर्मचक्र प्रवर्तन महोत्सव)को अवसरमा मोन्लाम कार्यक्रम सम्पन्न

Posted: in 23 days

पोखरामा छ्योखोर दुछेन (धर्मचक्र प्रवर्तन महोत्सव)को अवसरमा मोन्लाम कार्यक्रम सम्पन्न
पोखरा, साउन १२ — नेपाल बौद्ध महासंघको आयोजनामा छ्योखोर दुछेन (धर्मचक्र प्रवर्तन महोत्सव)को अवसर पारेर पोखरा महानगरपालिका–१८, भकुण्डेस्थित पाल एवं नाम्ग्याल गोन्पामा आयोजित १४औँ पूजा प्रणिधान (मोन्लम) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । विश्व शान्तिको कामनासहित आयोजित दुईदिने कार्यक्रममा ४२औँ साक्य गद्दीधारी, परम श्रद्धेय रत्नवज्र रिन्पोछेबाट उपस्थित श्रद्धालु भक्तजनहरूलाई शरणगमन शील तथा दीर्घायु अभिषेक प्रदान गर्नुभएको थियो ।

पाठपूजा कार्यक्रममा पोखराका विभिन्न गोन्पा लामा धर्मगुरुहरूको व्यापक उपस्थिति रहेको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको पाठपूजामा महायान बौद्ध परम्पनाअनुसार शरणगमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिएको थियो । कार्यक्रमका अवसरमा भगवान बुद्धका पवित्र अस्तु धातु (रिङ्सेल) सर्वसाधारणका लागि दर्शनार्थ राखिएको थियो, जसमा हजारौँ श्रद्धालु भक्तजनहरूले दर्शन गरेका थिए ।
 
नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा)ले मोन्लम कार्यक्रमले बौद्ध धर्मको शिक्षालाई व्यापक बनाउन, शान्ति, करुणा र सहिष्णुताको प्रवर्द्धन गर्न तथा जनमानसमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरेका छन् ।
 
Click here for more photos : https://www.facebook.com/share/p/175nGqU2cY/

Gallery